चीनको राष्ट्रिय फार्मासियुटिकल समूह, सिनोफार्मले बनाएको कोरोना विरूद्धको खोप परीक्षणका लागि करिब १० लाख मान्छे सहभागी भएका छन्। रोयटर्सका अनुसार देशभर यो खोपको आकस्मिक परीक्षण गरिएको हो ।
चीनले आफ्नो खोपको आकस्मिक परीक्षण गत जुलाइमा सुरू गरेको थियो । यो क्रममा तीन प्रकारका खोप प्रयोग गरिएका थिए । यी खोप कति सुरक्षित र प्रभावकारी छ भन्नेबारे क्लिनिकल रूपमा पुष्टि भने भइसकेको छैन ।
तै पनि यो खोप लगाएकाहरूलाई कुनै पनि किसिमका गम्भीर असर वा साइड इफेक्ट नदेखिएको रोयटर्सले जनाएको छ । जसले यो आकस्मिक खोप लगाएका थिए उनीहरूले पनि कुनै नकारात्मक असर नभएको बताएका सिनोफार्मका अध्यक्ष लियु जिङजेनले एक अन्तर्वार्तामा भनेका छन्।
परीक्षणमा समावेश गरिएका तीनमध्ये दुई खोप सिनोफार्मकै अनुदानमा चाइना नेसनल बायोटेकले विकास गरेको हो भने अर्को सिनोभाक बायोटेकले विकास गरेको हो। यीमध्ये कुन चाहिँ खोपको नकारात्मक असर नभएको वा कुन खोप सबभन्दा बढी लगाइएको भन्ने बारे लियुले कुनै जानकारी दिएका छैनन्।
रोयटर्सका अनुसार सिनोफार्मका खोपले शरीरमा निष्क्रिय भाइरस प्रवेश गराउनेछ जुन मानव कोषमा विका
यो पनि पढ्नुस
तपाईहरु जो कोहीलाई थाहा भएको कुरा हो की केही कार्य गर्नुभन्दा पहिला गणेश भगवानकै पूजा गरिन्छ । अब शुभकार्यको बेला त यसो गरिन्छ भने आफ्नो जीवनको अर्को नयाँ दिन अर्थात हरेक दिनको बिहान झनै कति महत्वपूर्ण छ तपाई हामी सबैलाई थाहा छ । यसैले बिहानको शुभ समयमा काम थाल्नुभन्दा पहिला भगवान गणेशको पूजा गर्नुहोस् । हुन त मंगलबार भगवान गणेशको विशेष दिन हो । तर भगवान गणेशलाई सिद्धि प्राप्तिका भगवान मानिएकाले हरेक दिन बिहान पूजा गर्नु राम्रो छ ।
हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ । त्यसैगरी मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । यही फल प्राप्तिका लागि भगवान गणेशलाई हरेक दिन आराधाना गर्नु उपयुक्त छ ।
बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ । यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।
ब्रतको दिन के गर्ने ?
विहानको समयमा मोमबत्ती या दीप बाल्नुहोस् । विहानको ध्यान गर्नुहोस् । केही धार्मिक ग्रन्थहरु पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् । जब बेलुका घर पुग्नुहुन्छ । हात खुट्टा धुनुहोस् । कपडा फेर्नुहोस् अनि चोखो खाना (प्रसाद) बनाउनुहोस् । जस्तै हलुवा, खिरलगायतका खाना । खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् । यो मनन गर्नुहोस् कि, ब्रत या अन्य बेला खाना बनाउँदा पूर्णरुपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खानाखाने मान्छेको आत्मा तृप्त हुन्छ ।
जब खाना (प्रसाद) तयार हुन्छ, ध्यान अथवा पूजा गर्ने ठाउँमा फलफूल र प्रसाद राख्नुहोस् ।
पूजास्थानमा दीप, मोमबत्ती या अगरवत्ती बाल्नुहोस् । प्रकाशलाई स्वयं भगवानको उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रम्हाण्ड शक्तिको भेट मानिन्छ । त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवानको आरती गर्न सकिन्छ । त्यस समयमा भागवत् गीता लगायतका आफ्नो अनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । यातफेरि भजन गाउँदै प्रार्थना गर्न सक्नुहुन्छ ।
ब्रतको दिन के खाने ?
ब्रतको दिन कुनै ठोस खाना नलिनुहोस् । रातको समयमा ५ बजेपछि हल्का खाना (खीर, हलुवा, भात र सागसव्जी) खान सक्नुहुन्छ । यदि स्वास्थ्यका कारण दिनभर निराहार ब्रत बस्न सम्भव छैन भने कमजोरी हुनुहन्छ भने यातफेरि अत्यधिक टाउँको दुख्यो भने दूध र फलफूल लिन सक्नुहुन्छ । त्यस्तै जडिबुटीको चिया वा पानी पनि पिउन सक्नहुन्छ ।
स हुन सक्दैन। तर यसले शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय बनाउन भूमिका खेल्छ। क्लिनिकल परीक्षणका आधारमा हेर्दा यसको दुई डोज आवश्यक हुन्छ।