नायिका तथा मोडल एलिजा गौतमले फाउण्डेशन स्थापना गरेर सामाजिक कार्यको सुरुवात गर्ने भएकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरी गरीब र असाहयको लागि ७७ वटा जिल्ला १०/१० वटा घर निर्माण गर्ने भएका छन् ।
सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु, एलिजा लेख्छिन्, यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।
फाउण्डेशनले पहिलो चरणको कार्य धादिङबाट सुरु गर्न लागेको हो । आउँदो चैत ११ गते आफ्नो जन्मदिन पारेर बाट यस कार्यको थालनी गरिने एलिजाले बताइन् ।
यो पनि पढ्नुस
विश्वका प्रख्यात मन्दिरहरुका आ–आफ्नै विशेषताहरु छन् । तीमध्ये, भारतको तमिलनाडुमा रहेको महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ ।
भारतको तमिलनाडुको भेल्लोर सहरस्थित महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको हो ।
करीब १ सय एक्कड क्षेत्रफलमा फैलिएको यो मन्दिर बनाउन ७ वर्ष लागेको थियो ।
विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरिएको यो मन्दिर बनाउन ३ अर्ब भारु खर्च भएको बताइएको छ । अँध्यारोमा जब मन्दिरमा प्रकाश ठोक्किन्छ तब यसको दृश्य निकै अद्भूत देखिन्छ ।
सन् २००७ को अगष्टमा सर्वसाधारणका लागि खुल्ला गरिएको यो मन्दिरको कलाकौशल, डिजाइन तथा निर्माण सबै हातैले गरिएको छ ।
साथै यो मन्दिरको एक–एक कलात्मक डिजाइन वैदिक मान्यतामा आधारित भएको बताइन्छ । यो मन्दिरभन्दा अगाडि भारतको अमृतसरस्थित गोल्डेन टेम्पल विश्वमा सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिरको रुपमा प्रख्यात थियो ।
जसमा साढे ७ सय किलो सुन प्रयोग गरिएको छ ।