राजनीतिक दल आपसी खिचातानीमा अल्झिएपछि बजार अनुगमन सून्य भएको छ । सरकारी निकायबाट अनुगमन नहुँदा व्यापारीले कुखुराको मासुमा अस्वभाविक मुल्य बढाएका छन् । कुखुराको मासुमा एक महिनाको बिचमा व्यापारीले प्रतिकेजी १ सय ४० रुपैयाँ सम्म बढाएका छन् ।
मंसिर महिनामा उपभोक्ताले प्रतिकेजी २ सय ८० रुपैयाँमा पाउने गरेको कुखुराको मासु अहिले प्रतिकेजी ४ सय २० रुपैयाँमा किनेर खानु परेको छ । बजारमा सरकारको उपस्थित नहुँदा विचौलियाले कुखुराको मासुमा मनपरी मुल्य बृद्धि गरी उपभोक्तालाई ठगी रहेको उपभोक्ताको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले अनुगमन नभएकै कारण बजारमा विचौलियाको अराजकता बढेको बताए । विचौलियाले बजारमा कुखुराको मासुको मुल्य मनपरी बढाएर उपभोक्ता ठगेको बताए । बजार मुल्य नियन्त्रण गर्ने अधिकार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन नभएकै हुँदा बजारमा विचौलियाको अराजकता बढेको अध्यक्ष महर्जनको भनाइ छ ।
‘पछिल्लो समय होटेल व्यवसाय ठप्प छन् । पुस महिनामा कुनै विहे ब्रतबन्ध । अन्य समय भन्दा मासुको खपत पनि कम हुन्छ, । त्यसकारणले पनि अहिले कुखुराको मासुको मुल्य कम हुने पर्ने हो ।’ उनले भने, ‘ तर यहाँ उल्टो भएको छ । व्यापारीले दैनिक १० रुपैयाँका दरले कुखुराको मासुमा मुल्य बढाउने काम गरेका छन् । अघिल्लो महिना २ सय ८० रुपैयाँमा पाउने प्रतिकेजी कुखुराको मासुमा पुस महिना सुरु भए देखि मासुमा मुल्य बढाएर ४ सय रुपैयाँ देखि ४ सय २० रुपैयाँ लिन थालेका छन् ।’ यो खबर आजकोराजधानी दैनिकमा छापिएको छ ।
यो पनि पढ्नुस
विश्वका प्रख्यात मन्दिरहरुका आ–आफ्नै विशेषताहरु छन् । तीमध्ये, भारतको तमिलनाडुमा रहेको महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ ।
भारतको तमिलनाडुको भेल्लोर सहरस्थित महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको हो ।
करीब १ सय एक्कड क्षेत्रफलमा फैलिएको यो मन्दिर बनाउन ७ वर्ष लागेको थियो ।
विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरिएको यो मन्दिर बनाउन ३ अर्ब भारु खर्च भएको बताइएको छ । अँध्यारोमा जब मन्दिरमा प्रकाश ठोक्किन्छ तब यसको दृश्य निकै अद्भूत देखिन्छ ।
सन् २००७ को अगष्टमा सर्वसाधारणका लागि खुल्ला गरिएको यो मन्दिरको कलाकौशल, डिजाइन तथा निर्माण सबै हातैले गरिएको छ ।
साथै यो मन्दिरको एक–एक कलात्मक डिजाइन वैदिक मान्यतामा आधारित भएको बताइन्छ । यो मन्दिरभन्दा अगाडि भारतको अमृतसरस्थित गोल्डेन टेम्पल विश्वमा सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिरको रुपमा प्रख्यात थियो ।
जसमा साढे ७ सय किलो सुन प्रयोग गरिएको छ ।