पहिलो कोरोना संक्रमित युवाको दोश्रो परीक्षण नेगेटिभ आएपछि मुगु कोरोना शून्य जिल्ला बनेको छ ।गत जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणको पुष्टिसंगै उनी मुगुको पहिलो संक्रमित बनेका थिए ।त्यसपछिका दिनमा मुगुबाट पठाइएका स्वावहरुको परीक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको थियो।
गत जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनको आइसोलेसनमा राखेर उपचार गरेपछि निको भएर घर पठाएपछि मुगु कोरोना शून्य जिल्ला बनेको हो ।