नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा शुक्रबार बृहत शक्ति प्रदर्शन गर्यो । तराई मधेशदेखि हिमालसम्मका सर्वसाधारण प्रदर्शनमा सहभागी बने । तर कतिपय अनुहार विरोध प्रदर्शनको वास्तविकता र एजेण्डाप्रति अनविज्ञ देखिए ।
शुक्रवारको विरोधसभामा नेकपा दाहाल–नेपाल पक्षका नेताहरू जनताको जीवनस्तर परिवर्तनका लागि आन्दोलनमा होमिएको र त्यो तागत आफूसँग मात्रै रहेको राग अलापिरहेका थिए । नेताहरुले चर्काे स्वरमा भाषण वर्षाइरहँदा मञ्चकै एक कुनामा चार दिनदेखि खाना नपाएका एक गरिब भोक थाम्न नसकेर आँसु बर्षाइरहेका थिए ।
यी व्यक्ति हुन् तनहुँबाट आएका अर्जुन पौडेल । उनलाई प्रदर्शनसँग कुनै सरोकार छैन । एजेण्डा के हो त्यो पनि थाहा छैन । उनलाई यति थाहा छ, प्रदर्शनमा सहभागी भएपछि खाना पाइन्छ । कसैले पैसा पनि दिन्छन भनेपछि उनी प्रदर्शनमा सहभागी भएका हुन् । दाहाल–नेपाल पक्षले तयार पारेको रातो टोपी र पार्टीको झण्डा अंकित ब्यानर कसैले हातमा थमाइदिएपछि उनी अहिले दाहाल–नेपाल पक्षको कार्यकर्ता बनेको पत्तै पाएनन् ।
उनीजस्ता यस्ता धेरै व्यक्ति प्रदर्शनमा सहभागी भएका छन् जसलाई नेताका भाषणले कुनै अर्थ राख्दैन । नेताले गर्नु र नगर्नुले पनि फरक पर्दैन । उनीहरूलाई आन्दोलन किन भइरहेको छ भन्नेसमेत पत्तो छैन ।
भिडियो हेर्नुस