नेकपा प्रचण्ड-माधव समूहले आज आह्वान गरेकाे आमहड्तालका क्रममा बिहानैदेखि त्यस समूहका नेता कार्यकर्तामाथि धरपकड भएकाे छ । नेकपा स्थायी कमिटी सदस्य रहेकी अष्टलक्ष्मी शाक्य लगायत केही नेता-कार्यकर्ता कलंकीबाट पक्राउ परेका छन् ।
नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य विष्णु रिजालले शाक्यसहितका नेतामाथि प्रहरिले एकाबिहानै धरपकड गरेकाे जानकारी दिए । सडकमा बाक्लाे संख्यामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । साे क्रममा कलंकलीबाट मात्रै एक दर्जन बढी नेता-कार्यकर्ता पक्राउ परेकाे बताइएकाे छ ।