काठमाडौंको अनामनगर स्थित ‘हाम्रो खानाघर’मा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ । सस्तो मूल्यमा खाना खान बिहान ९ देखि राति ९ बजेसम्म ‘हाम्रो खानाघर’मा भिड लाग्छ ।
दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य बोकेर हाम्रो टिम नेपालले हाम्रो खानाघर गत १७ माघदेखि सञ्चालनमा ल्याएको हो । हाम्रो खानाघर कम आम्दानी हुने, ज्याला मजदुरी गर्नेहरुको मात्र होइन सस्तो र राम्रो खाना खानेहरुका लागि उपयुक्त गन्तव्य बनेको छ ।
तर सामाजिक अभियन्ता भनिने पुण्य गौतम जसले ४ पटकसम्म उक्त स्थानमा खाना खाएपछि केहि युट्युब च्यानलमा खाना नमिठो रहेको अभिव्यक्ति दिएपछी विवाद भएको छ । सामजिक संजालमा हाम्रो खानाघरको व्यापक आलोचना समेत भएको छ ।
के भन्छन त हाम्रो खानाघरका टिमहरु हेर्नुस भिडियो :