हिमाली जिल्ला दोलखामा भने हालसम्म कोरोना सङ्क्रण भएको पाइएको छैन । लकडाउन सुरु भएयता एक हजार ३७७ जनाको आरडीटी र १८४ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएसँगै जिल्लामा कोरोना सङ्क्रमण नदेखिएको हो ।
काठमाडौँ लगायतका स्थानमा परीक्षण गरेका दोलखा घर भएका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए ।
जिल्लामा भारत लगायत तेस्रो मुलुकबाट करिब नौ सयको हाराहारीमा नागरिक भित्रिएका छन् । उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।
हालसम्म ६८४ जना क्वारेन्टाइनमा बसेर घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनका अनुसार पछिल्लो समय जिल्लाभित्र बसोबास गर्नेहरूका लागि आवतजावतमा खुकुलो बनाइए पनि जिल्ला प्रवेश र जिल्ला बाहिर जान कडाइ गरिएको छ ।