डेनिस प्रधानमन्त्री मेट फ्रेडरिक्सनले कोभिड १९ बारे बैठकमा उपस्थित हुन आफ्नो विवाह नै स्थगित गरेकी छन् । यूरोपियन काउन्सिलको बैठक आगामी महिनामा तय गरिएको छ । तर सोही मितिमा उनको विवाह पनि जुधेपछि यही बिहीबार विवाह नै स्थगित गरिन् ।
जुलाइ १७ को दिन यूरोपियन यूनियनका नेताहरुबीच कोभिड १९ महामारीपछि पहिलो पटक बैठक तय भएको थियो । यूरोपियन बजेट र कोभिड १९ संकटबाट निस्कने उपायबारे छलफल गर्न तय भएको उक्त बैठकअघि नै प्रधानमन्त्री फ्रेडरिक्सनको विवाह पनि तय भएको थियो ।
तर प्रधानमन्त्रीले आफू विवाहको पर्खाइमा रहेको तर ब्रसेल्सको काउन्सिल बैठकका कारण विवाह स्थगित गर्नु परेको जानकारी दिएकी हुन् । आफूले आफ्नो पेशागत जिम्मेवारी पहिले पूरा गर्नुपर्ने पनि उनको भनाइ छ ।